काठमाडौं । छायाँकार विदुर पाण्डेको निधन भएको छ ।
पारिवारिक स्रोतका अनुसार ५५ वर्षीय पाण्डेको बुधबार बिहान हृदयघातका कारण निधन भएको हो ।
उनी ३५ वर्षदेखि चलचित्र क्षेत्रमा निरन्तर काम गर्दै आएका थिए । उनले नेपालको पहिलो डिजिटल फिल्म ‘कागबेनी’को छायांकन गरेका थिए ।
उनले थुप्रै म्युजिक भिडियो, विज्ञापन, फिल्महरूमा काम गरेका छन् ।
स्वरु, भुइँमान्छेु, मेरो बेस्ट फ्रेन्डु, पण्डित बाजेको लौरी जंग बहादुरको कोट लगायत फिल्मका छायांकन गरेका थिए ।
Leave a Reply