Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • उच्च अदालतमा २७ न्यायाधीशका लागि २७७ आकांक्षी

    उच्च अदालतमा २७ न्यायाधीशका लागि २७७ आकांक्षी

    अनलाइन नेपाल
  • बुधबार, २५ साउन २०७९
  • 846
    SHARES

    काठमाडौं । उच्च अदालतको रिक्त २७ न्यायाधीशको आवेदन खुला गरिएकामा २७७ आकांक्षीले उमेदवारी दिएका छन् ।

    न्याय परिषद्ले पहिलोपटक उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि मापदण्ड निर्माण गरी आवेदन माग गरेको थियो ।



    परिषद्ले जिल्ला न्यायाधीश, कानुन व्यवसायी, न्याय समूहका कर्मचारी, सरकारी वकिल समूहका कर्मचारी, कानुन समूहका कर्मचारी र अन्य समूह आवेदनमा माग गरेको थियो ।



    त्यसमध्ये जिल्ला न्यायाधीशबाट ७६, कानुन व्यवसायीबाट १७४ र कर्मचारीबाट ४६ जनाको आवेदनमा परेको छ ।

    कूल आवेदन परेकामध्ये २५५ पुरुष र १९ महिला छन् । न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार आवेदन परेकाहरूको प्रारम्भिक छनोटमा गरी सूची प्रकाशित हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार