Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • नेसपालाई गठबन्धनमा सहभागी गराउन देउवा सकारात्मक

    बाबुरामले भने – गठबन्धनमा हाम्रो पनि हक छ, देउवा भन्छन् – अन्य दलसँग सल्लाह गरेर खबर गर्छु

    बाबुरामले भने – गठबन्धनमा हाम्रो पनि हक छ, देउवा भन्छन् – अन्य दलसँग सल्लाह गरेर खबर गर्छु

    अनलाइन नेपाल
  • मंगलबार, २४ साउन २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो ।

    भेटमा नेपाल समाजवादी पार्टीलाई सत्तारुढ गठबन्धनमा सहभागी गराउने विषयमा छलफल भएको छ । प्रधानमन्त्री देउवाले नेपाल समाजवादी पार्टीलाई सत्तारुढ गठबन्धनमा सहभागी गराउन सकारात्मक रहेको बताए ।



    प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार अध्यक्षद्वय बाबुराम भट्टराई र महिन्द्र राय यादवसँग भेटमा प्रधामन्त्री देउवाले नेसपालाई गठबन्धनमा सहभागी बनाउने विषयमा अन्य साझेदार दलहरुसँग छलफल गर्ने बताए ।



    ‘मैले पनि गठबन्धनमा तपाईंहरुलाई पनि सहभागी गराउनुपर्छ भनेर सोचिरहेको थिएँ,’देउवाले भेटमा भने,’म सकारात्मक छु । एकपटक गठबन्धनका अन्य दलहरुसँग यस विषयमा सल्लाह गरेर खबर गर्छु ।’

    भेटमा भट्टराईले अहिलेको सत्तारुढ गठबन्धन निर्माण गर्न आफ्नो पनि भूमिका रहेकाले त्यसमा हक लाग्ने बताएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार