Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • नेपाल र केन्याबीचको खेल तालिका सार्वजनिक

    नेपाल र केन्याबीचको खेल तालिका सार्वजनिक

    अनलाइन नेपाल
  • मंगलबार, २४ साउन २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । नेपाल र केन्याबीच हुन लागेको टी–२० र एक दिवसीय सिरिजको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार केन्या भ्रमणको खेल तालिका सार्वजनिक गरेको हो ।

    केन्या भ्रमणमा नेपालले सुरुमा पाँच ट्वान्टी(२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्नेछ । त्यसपछि तीन खेलको एकदिवसीय शृङ्खला खेल्नेछ । त्यसका लागि नेपालले अगस्ट २५ देखि सेप्टेम्बर ५ सम्म केन्या भ्रमण गर्नेछ ।



    पहिलो ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल अगस्ट २५ मा खेल्नेछ । दोस्रो खेल २६, तेस्रो खेल २८, चौथो खेल २९ र पाँचौ खेल अगस्ट ३० मा खेल्नेछ ।



    सेप्टेम्बर २ बाट एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला सुरु हुनेछ । दोस्रो खेल सेप्टम्बर ३ र अन्तिम खेल सेप्टेम्बर ५ मा हुनेछ ।

    नेपालले सोमबार मात्र भारतका पूर्व अलराउन्डर मनोज प्रभाकरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । प्रभाकरकै नेतृत्वमा नेपाल केन्या भ्रमणमा निस्कनेछ । प्रशिक्षक प्रभाकर शुक्रबारसम्म नेपाल आउने क्यानले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार