Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • नर्भिक हस्पिटलमा पुगेर के भने मेयर बालेनले ?

    नर्भिक हस्पिटलमा पुगेर के भने मेयर बालेनले ?

    अनलाइन नेपाल
  • मंगलबार, २४ साउन २०७९
  • 1.5K
    SHARES

    काठमाडौं ।  काठमाडौं महानगरपालिकाले थापाथलीस्थित नर्भिक हस्पिटललाई नियमविपरीत बनाइएको संरचना हटाउन समय दिने भएको छ । सोमबार २४ घण्टाभित्र संरचना हटाउन निर्देशन दिएको महानगरले मंगलबार प्राविधिको सुझावअनुसार संरचना हटाउन समय दिन सहमति जनाएको हो ।

    काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)ले सोमबार नर्भिक हस्पिटल परिसरको अवलोकनपछि २४ घण्टाभित्र सरकारी जग्गामा नियमविपरीत बनाइएका संरचना हटाउन निर्देशन दिएका थिए ।



    तर, मंगलबार दिउँसो नर्भिक हस्पिटलले सरकारसँग सम्झौता गरेर जग्गा भाडामा लिएर संरचना बनाएको बताएपछि अपरान्ह मेयर साह पुनः नर्भिक हस्पिटल पुगे । सो क्रममा मेयर बालेनसहित महानगर प्रतिनिधि र हस्पिटलका प्रतिनिधिबीच दुवै पक्षका प्राविधिकले दिएको सुझावका आधारमा संरचना हटाउने सहमति भएको हो ।



    अक्सिजन प्लान्ट र एमआरआई कक्ष रहेकाले यी संरचना हटाउन प्राविधिकले दिने समयभित्र हटाउन नर्भिक राजी भएको हो ।

    नर्भिकका प्रतिनिधिसँग मेयर बालेनले मन्त्रिपरिषद्बाट जग्गा र संरचना बनाउन अनुमति दिनेगरी निर्णय गराएर नक्सा पास गरेको महामनगरलाई आपत्ति नरहेको बारम्बार बताए । आफूले नियमसंगत खोजेको र कानुन कार्यान्वयन तथा कानुनले कसैले विभेद गर्न नहुने पक्षमा रहेको मेयर बालेनको भनाइ थियो ।

    नर्भिक हस्पिटलले भाडामा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौताविपरीत र नक्सा पास नगरी टहरा बनाएकोले भत्काउनुपर्ने महानगरको अडान छ ।

    नर्भिक पुगेका मेयर बालेनले सरकारी जग्गामा नक्सा पास नगरिकन संरचना बनाउन नपाइने भन्दै हस्पिटलका प्रतिनिधिलाई बारम्बार सम्झाएका थिए । त्यसपछि नक्सा पास गर्न आफूहरु तयार रहेको हस्पिटलका प्रतिनिधिले पनि बताए । यसका लागि समय दिन माग गरेपछि दुवै पक्षका प्राविधिकले भनेअनुसार समय उपलब्ध गराउन मेयर बालेन सहमत भए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार