Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • बिहारका मुख्यमन्त्री नितिश कुमारद्धारा पदबाट राजीनामा

    बिहारका मुख्यमन्त्री नितिश कुमारद्धारा पदबाट राजीनामा

    अनलाइन नेपाल
  • मंगलबार, २४ साउन २०७९
  • 1.5K
    SHARES

    एजेन्सी । भारतीय राज्य बिहारका मुख्यमन्त्री नितिश कुमारले राजीनामा दिएका छन्। नितिश कुमारले राज्यपाल फागु चौहानलाई भेटेर राजीनामा दिएका हुन् ।

    राज्यपाललाई भेटेपछि नितिश कुमारले पत्रकारहरूलाई आफूले राजीनामा दिएको जानकारी दिए।



    उनले पार्टीका सबै विधायक र सांसदहरू एनडीएबाट अलग हुन चाहेको जिकिर गरे। गठबन्धनमा संलग्न बीजेपीसँग मतभेदका बीच जनता दल-यूले मंगलबार विधायक र सांसदहरूको बैठक बोलाएको थियो।



    अब नितिश कुमारले आरजेडीको समर्थनमा नयाँ सरकार बनाउने विश्वास गरिएको छ । काँग्रेस र अन्य विपक्षी दलहरूले पनि नितिश कुमार नेतृत्वको नयाँ सरकारलाई समर्थन गर्ने संकेत गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार