काठमाडौं । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा अन्तरगत रहेका संसदीय समितिमा सांसदहरुको हेरफेर गरिएको छ ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले यसबारे जानकारी गराएका हुन् ।
रामकुमारी झाँक्री अर्थ समितिमा, कृष्ण कुमार श्रेष्ठ राज्य व्यवस्था तथा सुशासन समिति, बिरोध खतिवडा सार्वजनिक लेखा समितिमा परेका छन् ।
यसअघि पूर्व मन्त्री रहेका उनीहरुलाई संसदीय समितिमा स्थान दिइएको हो ।
सांसद धनबहादुर बुढालाई सार्वजनिक लेखा समितिबाट शिक्षा तथा स्वास्थ्य समितिमा हेरफेर गरिएको छ ।
Leave a Reply