Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • काठमाडौंमा एकैदिन २ हजार ४ सय बढी सवारी चालकमाथि कारवाही

    काठमाडौंमा एकैदिन २ हजार ४ सय बढी सवारी चालकमाथि कारवाही

    अनलाइन नेपाल
  • मंगलबार, २४ साउन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ४४९ जना सवारी चालकलाई कारवाही गरेको छ ।

    ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई सोमबार उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।



    कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १७३ जना, जथाभावी हर्न बजाउने १०३ जना, मदिरा पिएर सवारी साधन चलाउने ९८ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ७५ जना र तीव्र गतिमा सवारी साधन चलाउने ६५ जना रहेका छन् ।



    यस्तै, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ८७ जना, सडक लेन उल्लङ्घन गर्ने ५९ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ३९ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २० जना चालकलाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार