Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • अनियमितताको आरोपमा महासेनानीसहित पाँच जनालाई कारबाही

    अनियमितताको आरोपमा महासेनानीसहित पाँच जनालाई कारबाही

    अनलाइन नेपाल
  • शनिबार, १० जेष्ठ २०७७
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली सेनाका महासेनानीसहित पाँच जना कर्मचारी कारबाहीमा परेका छन् । उनीहरू सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुरमा कारवाहीका परेका हुन्।

    समरी जनरल सैनिक अदालतको गत मंगलबारको निर्णयअनुसार महासेनानी भुपालमान अधिकारीले महाविद्यालयमा सम्पर्क अधिकृत रहँदा आर्थिक अनियमितता गरेकाले भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य नठहरिने गरी दुई महिना कैद गर्न र सेवाबाट हटाउन आदेश दिइएकाे छ ।



    प्रमुख सेनानी देवबहादुर क्षत्रीले आर्थिक अनियमितता गरी दोषी ठहरिएकाले सैनिक ऐनअनुसार दुई बर्ष बढुवा रोक्का गर्ने र निजबाट ४ लाख ४० हजार रुपैयाँ असुल गर्न आदेश दिइएकाे छ ।



    यस्तै, हुद्धा यज्ञराज पोखरेलले आर्थिक अनियमितता गरी दोषी ठहरिएकाले भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने र निजबाट ३ लाख ६० हजार असुल उपर गर्न आदेश भएको छ ।

    यसैगरी, हुद्धा गणेशबहादुर अधिकारीलाई दुई वर्ष तलब वृद्धि (ग्रेड) रोक्का गर्ने र निजले हिनामिना गरेको देखिन आएको १० हजार रुपैैयाँ असुलउपर गर्ने निर्णय भएको छ ।

    यस्तै, लेखातर्फका आ. सहसेनानी सुरेन्द्रविक्रम भण्डारीले कानुनी प्रक्रिया अवलम्बन नगराई सैनिक ऐनविपरीत काम गरेको ठहरिएकाले नसिहत दिने आदेश भएको छ । सोही मुद्दामा अन्य १३ जनाले अभियोग मागदाबीबाट सफाइ पाउने गरी ठहर फैसला भएको छ ।

    श्री सैनिक आवासीय महाविद्यालय भक्तपुरमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुर गरेको अभियोगमा उनीहरुउपर सैनिक ऐन २०६३ बमोजिम कारबाहीको फैसला भएको हो ।

    उनीउपर गैरकानुनी रूपमा आर्थिक उपार्जन गरेको भन्दै १ करोड ८५ लाख ४० हजार १ सय आठ रुपैयाँ एघार पैसा बिगो रकम असुल गर्न आदेश भएको छ । सैनिक ऐन, २०६३ मा जनरल सैनिक अदालत र समरी जनरल सैनिक अदालतबाट फैसला वा अन्तिम आदेशमाथि चित्त नबुझे पीडित पक्षले विशेष अदालतमा पुनरावेदन दर्ता गर्न सक्ने प्रावधान छ । पुनरावेदन ३५ दिनभित्र गरिसक्नुपर्ने व्यवस्था छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार