Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • गठबन्धन कार्यदलको बैठक : भागबण्डाको मोडालिटीमा सामान्य छलफल, साउन २६ गते फेरि बस्ने

    गठबन्धन कार्यदलको बैठक : भागबण्डाको मोडालिटीमा सामान्य छलफल, साउन २६ गते फेरि बस्ने

    अनलाइन नेपाल
  • सोमबार, २३ साउन २०७९
  • 1.9K
    SHARES

    काठमाडौं । चुनावी तालमेलका लागि मोडालिटी तयार गर्न बनेको सत्ता गठबन्धनको कार्यदल बैठक सकिएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा भागबण्डाको मोडालिटीको सन्दर्भमा सामान्य छलफल भएको कार्यदलले जनाएको छ ।



    अर्को बैठक साउन २६ गते पुनः बस्नेछ । आजको कार्यदलमा भएको छलफलबारे गठबन्धन दलमा आन्तरिक छलफल भएर फेरि बैठक बस्ने सहमति भएको जनाइएको छ ।



    कार्यदलमा नेपाली काँग्रेसबाट महामन्त्री गगन थापा, नेता कृष्णप्रसाद सिटौला, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की रहेका छन् ।

    यस्तै माओवादी केन्द्रबाट वर्षमान पुन, अर्थमन्त्री जनार्दन शर्मा, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार