Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • ट्रम्पले खाने औषधिबाट कोरोना संक्रमितको मृत्यु हुने खतरा उच्च!

    ट्रम्पले खाने औषधिबाट कोरोना संक्रमितको मृत्यु हुने खतरा उच्च!

    अनलाइन नेपाल
  • शनिबार, १० जेष्ठ २०७७
  • 2.1K
    SHARES

    एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड–१९) बाट जोगिनका लागि औलोको औषधि हाइड्रोक्सिक्लोरोक्विनको सेवन गरिरहेको बताए पनि उक्त औषधि काे सेवनबाट संक्रमितको मृत्यु हुने खतरा उच्चा रहेकाे एक अनुसन्धानले देखाएकाे छ।

    विज्ञानसम्बन्धी शोध पत्रिका लेसेटले आफ्नो अनुसन्धानमा कोरोना संक्रमित विरामीको उपचारका लागि हाइड्रोक्सिक्लोरोक्विन दिइएमा विरामीको मृत्यु हुने खतरा बढी हुने पाइएको उल्लेख गरेकाे छ।



    अध्ययनमा मलेरिया (औलो) को यो औषधिबाट बिरामीलाई कुनै फाइदा नहुने पाइएको छ । स्वास्थ्य अधिकारीहरुले यसबाट मुटुको समस्या बढ्नसक्ने चेतावनी दिएका छन् । 
    हाइड्रोक्सिक्लोरोक्विन मलेरियाका रोगीका लागि सुरक्षित छ भने लुपस र आर्थ्राइटिसका केही बिरामीका लागि लाभकारी छ ।



    यो अध्ययनमा अन्य विरामीको तुलनामा यो औषधि खाने बिरामीको बढी मृत्यु भएको छ र उनीहरुमा मुटुको समस्या देखिएको छ । हाइड्रोक्सिक्लोरोक्विन दिइएका बिरामीहरुको मृत्युदर १८ प्रतिशत पाइएको थियो भने १६.४ प्रतिशत छ । यो औषधि नदिइएका बिरामीको मृत्युदर ९ प्रतिशत रहेको छ ।  ट्रम्पले भने मेडिकल अनुसन्धानलाई समेत उपेक्षा गर्दै यो औषधि प्रयोगमा प्रोत्साहन गर्दै आएका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार