Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • नेकपा र कांग्रेस कार्यकर्ताबीच कुटाकुट हुँदा डेढ दर्जन घाइते

    नेकपा र कांग्रेस कार्यकर्ताबीच कुटाकुट हुँदा डेढ दर्जन घाइते

    अनलाइन नेपाल
  • शनिबार, १० जेष्ठ २०७७
  • 3.9K
    SHARES

    फाइल : तस्बिर

    सिरहा । सिरहाको नरहा गाउँपालिका-१ देवीपुरमा कोरोना प्रभावितहरुलाई राहत वितरण गर्ने विषयमा विवाद हुँदा शुक्रबार वडा कार्यालयमै कुटाकुट भएको छ।

    कुटाकुट हुँदा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र नेपाली कांग्रेसका डेढ दर्जन बढी घाइते भएका छन्। २ सय भन्दा बढी घरपरिवारलाई राजनीतिक पूर्वाग्रह राखी राहत नदिएको कांग्रेस पक्षको आरोप थियो।



    छुटेकाहरुलाई पनि राहत वितरण गर्नुपर्ने माग राख्दा साहले छलफलका लागि वडा कार्यालयमा बोलाएर कुटपिट गराएको स्थानीय कांग्रेस नेता कौशल मण्डलको आरोप छ।



    वडाअध्यक्ष अशोक साहले सबैलाई मिलाएर राहत वितरण गरेको बताए। छुटेकालाई राहत वितरण गर्ने विषयमा छलफल भइरहँदा कांग्रेस र समाजवादी पार्टीका नेताहरुले विवाद खडा गरेको उनको आरोप छ। नागरिकता नभएका केही व्यक्तिहरु छुटेको उनले सुनाए। वडा कार्यालयमा आएर जर्वजस्ती गर्न थालेपछि झडप भएको उनले बताए।

    कुटाकुट विषयको घटनाबारे अनुसन्धान भइरहेको सिरहाका एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए। घाइतेहरुलाई अस्पतालमा उपचार भइरहेको उनले सुनाए। कुटाकुटमा गोली चलेको दुवै पक्षले एकअर्कालाई आरोप लगाउँदै छन्। यता, गोली चलेको कि नचलेको विषयमा पुष्टि हुन नसकेको एसपी चतुर्वेदीले बताए।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार