Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • नेपालको नयाँ नक्सा राजपत्रमा प्रकाशित

    नेपालको नयाँ नक्सा राजपत्रमा प्रकाशित

    अनलाइन नेपाल
  • शनिबार, १० जेष्ठ २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । नेपालको नयाँ नक्सा राजपत्रमा प्रकाशित भएको छ । लिम्पियाधुरासहितकाे नयाँ नक्सा राजपत्रका प्रकाशनसँगै अब यो नक्सा देशैभर लागू भएको छ।

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले शुक्रबार नयाँ नक्सा राजपत्रमा प्रकाशन गर्न पठाए लगतै मुद्रण विभागले प्रकाशन गरेको हो ।



    नेपालले आफै बनाएको नक्सामा पहिलो पटक लिम्पियाधुरासहित अन्तर्राष्ट्रिय सीमानासहितको यो नक्सा प्रकाशित भएको छ । यो नक्सामा भारतले लामो समयदेखि अतिक्रमण गरेको गुन्जी, कुटी र नाभी समेत समेटिएको छ ।



    सरकारले गत जेठ ४ गते मन्त्रिपरिषदको निर्णय गरी ७ गते आधिकारिकरुपमा सार्वजनिक गरेको हो । यो नक्सामा भारतद्धारा अतिक्रमित लिम्पियाधुरासहित भूभाग समेटिएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार