Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • ६ महिने छोरीलाई शौचालयमा फालेर मार्ने आमासहित पुरुष पक्राउ

    ६ महिने छोरीलाई शौचालयमा फालेर मार्ने आमासहित पुरुष पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २२ साउन २०७९
  • 915
    SHARES

    फाइल तस्विर

    स्याङ्जा । छ महिने छोरीलाई शौचालयको खाल्डोमा फालेर मार्ने आमासहित एक पुरुष पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा गल्याङ नगरपालिका–२ इलुंगा बस्ने २२ वर्षीया लक्ष्मी राना र पाल्पाको रामपुर नगरपालिका–१० कुमालगाउँ बस्ने २२ वर्षीय केदार कुमाल रहेका छन् ।



    छोरीलाई खाल्डोमा फालेर मार्ने कार्यमा संलग्न भएको आरोपमा उनीहरुलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए ।



    रामपुर–१० का २२ वर्षीय कुमालसँग साउन १० गते रानाले घरमा कसैलाई नसोधी छ महिनाको छोरीसहित भागी विवाह गरेको निवेदन परिवारले प्रहरीमा दिएसँगै खोजी गर्ने क्रममा साउन २० गते शुक्रबार गल्याङ बजारबाट नियन्त्रणमा लिइएको प्रवक्ता खनालले बताए ।

    पक्राउ गरी अनुसन्धानका क्रममा लक्ष्मीले ६ महिनाकी छोरीलाई १० गते राति १२ बजेको समयमा घरकै अस्थायी शौचालयको खाल्डोमा फालेको खुलेको थियो। खोजी गर्दा सडेगलेको अवस्थामा बच्चाको शव फेला परेको प्रहरीले जनाएको छ । उनीहरु दुवै जनामाथि ज्यानसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार