काठमाडौं । रकम नभएको चेक दिएर ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा बागलुङको ताराखोला गाउँपालिका–१ घर भइ पोखरा मिरुवा बस्ने २७ वर्षीया दीक्षा पुन हुन् ।
रकम नभएको चेक दिएर फरार हुँदै निगालो घारीमा लुकेर बसेको अवस्थामा आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले उनलाई पक्राउ गरेको हो ।
पुनले दिएको ३ लाखको चेक बाउन्स भएपछि पीडितले प्रहरीमा जोहरी दिएका थिए। त्यसपछि घारीमा लुकेर बसेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेकी पुनविरुद्ध बैकिङ कसुरको अभियोगमा ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
Leave a Reply