Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • आज (जेठ १०) शनिवारको राशिफल

    आज (जेठ १०) शनिवारको राशिफल

    अनलाइन नेपाल
  • शनिबार, १० जेष्ठ २०७७
  • 2.3K
    SHARES

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । सहयोग गर्ने र आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मन खिन्न हुने स्थिति आउनेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । मालसामान हराउन सक्छ, होसियार रहनु पर्छ ।



    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । समाजमा प्रभाव पार्न सकिनेछ ।



    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज आफन्तहरूको सहयोगले कामहरू अगाडी बढ्नेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ । उपहार पाइने सम्भावनाछ । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अतिथिको रूपमा सत्कार पाइएला । कृषि क्षेत्रबाट सफलता मिल्नेछ । सुखद् मिलनको योग छ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज शुभकार्यको चर्चा चल्नेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । आफन्तको सल्लाह, सहयोग र हौसला पाईनेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज घरपरिवारसंग समय व्यतीत हुनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । नयाँ ज्ञान सिक्ने मौकापनि मिल्नेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज मनमा शान्तिको अनुभूति हुनेछ । पुरानो र बिर्सिसकेको साथीको समझना आउनेछ । शुभकार्यको चर्चापनि चल्नेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज मनपर्ने खनेकुरा पाईनेछ । बढी मिहनेतले बढी फाईदा मिल्नेछ । प्रेमीको सहयोग पाईनेछ । साँझम भने खर्च बढ्नेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धार्मिक कार्य र मनोरञ्जनमा सहभागी भइएला । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै हुने देखिन्छ । – ज्यो.प. नारायणप्रसाद दुलाल

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार