Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • एमालेले चोलेन्द्रलाई बचाउन खोजिरहेको माओवादी केन्द्रको आरोप

    एमालेले चोलेन्द्रलाई बचाउन खोजिरहेको माओवादी केन्द्रको आरोप

    अनलाइन नेपाल
  • आइतबार, २२ साउन २०७९
  • 861
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथिको महाअभियोगका सम्बन्धमा प्रष्ट नबोलेको भन्दै प्रमुख विपक्षी नेकपा एमालेमाथि प्रश्न उठाएको छ ।

    माओवादी केन्द्रका सांसद हरिबोल गजुरेल एमालेले प्रष्ट नबोलेर एमालेले जबरालाई बचाउन खोजेको आरोप लगाए ।



    जनताले बुझिसके, चोलेन्द्रलाई छिटो भन्दा छिटो बिदा गरौं भनिरहेका छन् । यहाँ सदनमा दलगत रुपमा विभाजित हुने, यस्तो कुरामा पनि जिब्रो चपाउने रु’ प्रतिनिधि सभामा महाअभियोग प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले भने, ‘प्रतिपक्ष आज जिब्रो चपाएर बोलिरहेको छ । प्रतिपक्ष चोलेन्द्रलाई जोगाउन चाहिरहेको छ । सिधै बोल्दा जनताले बुझ्लान भनेर जिब्रो चपाएर बोलिरहेको छ ।’



    माओवादी केन्द्रकी सांसद अञ्जना विशंखेले महाअभियोग प्रस्तावमाथिको छलफल अगाडि बढाउनमा ढिलाइ भएको स्वीकार गरिन् । ढिला हुनुको कारण खोतल्न आवश्यक नरहेको, ढिला हुनुको कारणबारे सबै जानकार रहेको भन्दै उनले ढिलो भए पनि राम्रो हुनुको स्वागत गरिनुपर्नेमा जोड दिइन ।

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार