काठमाडौं । सरकारले शुक्रबार बर्खास्त गरेका नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी कार्यालयमा हाजीर भएका छन् ।
मन्त्रिपरिषद्को शुक्रबारको बैठकले उनलाई बर्खास्त गरेको थियो ।
भोलिपल्ट शनिबार भएका कारण उनले बर्खास्तको चिठ्ठी नपाएको भन्दै कार्यालयमा हाजीर गरेको निगमले जनाएको छ ।
सरकारले अघिल्लो महिना उनलाई निलम्बन गरेको थियो । निलम्बनको निर्णय सर्वोच्च अदालतले उल्टाइदिएपछि उनी काममा फर्किएका थिए ।
सरकारले विभिन्न अभियोगमा छानविन सुरु गरेपछि निलम्बनमा परेका उनलाई शुक्रबार बर्खास्त गरिएको थियो ।
Leave a Reply