काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आफ्नो मन्त्रालयसँग सम्बन्धित क्षेत्र उत्साहित हुने गरी आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
राष्ट्रिय नागरिक विकास समाजले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री कुँवरले यस्तो बताएका हुन् ।
मन्त्री कुँवरले मन्त्रीको रूपमा आफूले पाएको जिम्मेवारी अस्थायी भएपनि सो पदमा बसुन्जेल सम्बन्धित क्षेत्रलाई उत्साहित तुल्याउने गरी काम गर्ने बताएका हुन् ।
मन्त्री कुँवरले देश र जनताको हितमा सबैले आ–आफ्नो क्षेत्रबाट योगदान पुर्याउन जरुरी रहेको पनि बताए ।
सामाजिक क्षेत्रका विविध विषयका विज्ञहरूको राय र सुझावको आधारमा आफूले कार्यसम्पादन गर्ने उनको भनाई थियो ।
Leave a Reply