काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
सोमबारका लागि कार्यकारिणी समितिको बैठक बोलाइएको हो। बैठकमा चुनावी गठबन्धन, संगठन विस्तार लगायतका विषयमा छलफल हुनेछ ।
लोसपाले वर्तमान सरकारमा सहभागी हुने र पाँच दलीय गठबन्धनसँग चुनावी तालमेल गर्ने मनस्थिति बनाएको छ ।
तर मंसिर ४ का लागि चुनावको मिति घोषणा भएकाले सरकारमा सहभागिताको ‘च्याप्टर क्लोज’ भएको छ ।
Leave a Reply