काठमाडौं । चर्चित गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग गरेको इन्गेजमेन्ट तोडेकी छन् ।
आफूहरूबिच वैचारिक मतभेद उत्पन्न भएको भन्दै उनले सामाजिक सञ्जालमार्फत इन्गेजमेन्ट तोडेको घोषणा गरेकी हुन् ।
संजीव र मेलिनाले दुई वर्ष अगाडि नै इन्गेजमेन्ट गरेका थिए। नयाँ वर्षको अवसर पारेर मेलिनाले सामाजिक सञ्जालमार्फत इन्गेजमेन्ट गरेको जानकारी दिएकी थिइन्।
उनले लेखेकी छन्, ‘धेरै समीक्षा र आत्मसमीक्षापछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो ।’
गायिका मेलिनाले वैचारिक पक्षमा मतभेत आउन थालेपछि इन्गेजमेन्ट तोड्ने निर्णय गरेको बताएकी छन्।
Leave a Reply