काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जनता पार्टीको सेवक नभई देशको मालिक हुनुपर्ने बताएका छन् ।
आगामी ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनबारे टिप्पणी गर्दै अध्यक्ष थापाले सत्तामा पुग्न विदेशी शक्ति गुहार्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए ।
उनले फेसबुकमा लेखेका छन् , ‘यो सबैको अन्त्यको लागि जनता पार्टीको सेवक होइन स्वाभिमानी स्वतन्त्र नागरिक र देशको मालिक बन्नुपर्छ।’
उनले ४ मंसिरमा हुने निर्वाचनले सर्वसत्तावाद, भ्रष्टाचार, बेरोजगारी, धर्मपरिवर्तनको समेतको अन्त्य गर्नु पर्ने बताएका छन् । त्यसका लागि नागरिक स्वाभिमानी हुनुपर्ने उनको भनाइ छ ।
Leave a Reply