Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • वैद्य, बास्तोलासहित ६ दलको विज्ञप्ति – तीन बुँदे सहमति उल्लंघन गरेर सरकारले फासिवादी चरित्र देखायो

    वैद्य, बास्तोलासहित ६ दलको विज्ञप्ति – तीन बुँदे सहमति उल्लंघन गरेर सरकारले फासिवादी चरित्र देखायो

    अनलाइन नेपाल
  • शुक्रबार, २० साउन २०७९
  • 921
    SHARES

    काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, प्रवक्ता खड्गबहादुर विश्वकर्मासहित नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला, प्रवक्ता हेमन्तप्रकाश ओली सहितका नेतालाई ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेकोप्रति ६ दलले विरोध जनाएका छन् ।

    शुक्रबार एक विज्ञप्ति जारी गर्दै ६ दलले सरकारले तीन बुँदे सहमति उल्लंघन गरेको आरोप लगाउँदै फासिवादी चरित्र देखाएको भन्दै आपत्ति जनाएका छन् ।



    मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतसहित ६ दलले सरकारको कदमप्रति ध्यानाकषर्ण भएको समेत जनाएका छन् ।



    सरकारले तीन बुँदे सहमति कार्यन्वयन गरी बन्दी रिहा र मुद्दा फिर्ता गर्नु समेत आग्रह गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार