काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको प्रेस विज्ञमा मनऋषि धिताल नियुक्त भएका छन् ।
जनादेश सप्ताहिकका पूर्वसम्पादक धिताललाई अर्थमन्त्री शर्माले आफ्नो प्रेस विज्ञको रूपमा नियुक्त गरेका हुन् ।
धिताल केही महिनाअघि अस्ट्रेलियाबाट नेपाल फर्किएका हुन् ।
जुम्लाका धिताल अस्ट्रेलियामा बस्दासमेत नेपाली पत्रकारितामै क्रियाशील थिए ।
Leave a Reply