Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • केराबारीमा ठूलो पहिरो गएपछि मुग्लिन-नारायणगढ सडक खण्ड फेरि अवरुद्ध

    केराबारीमा ठूलो पहिरो गएपछि मुग्लिन-नारायणगढ सडक खण्ड फेरि अवरुद्ध

    अनलाइन नेपाल
  • शुक्रबार, २० साउन २०७९
  • 936
    SHARES

    फाइल तस्विर

    चितवन । मुग्लिन-नारायणगढ सडक खण्ड फेरि अवरुद्ध भएको छ । बिहीबार राति २ बजेदेखि मुग्लिन-नारायणगढ सडक खण्ड फेरि अवरुद्ध भएको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका-२९ मा पर्ने केराबारी ठूलो पहिरो गएको छ । तीन वटा डोजरको सहायताले पहिरो पन्छाउन थाले पनि एउटाको टायर पन्चड भएकाले अहिले दुई वटाले पहिरो हटाइ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एवम् प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।



    पहिरो हटाउन समय लाग्ने प्रहरीले जनाएको छ । गएको सोमवार राति केराबारीमा नै गएको ठूलो पहिरोका कारण २४ घण्टासम्म यात्रु जाममा परेका थिए । त्यसपछि खुलाइएको सडकमा मङ्गलवार फेरि पहिरो खसेको थियो ।



    बुधवार बिहान ९ बजे पहिरो पन्छाएर सडक खुलाइएको थियो । तर, गएराति फेरि पहिरो गएको हो । पहिरो गएको केराबारीमा लेदोमाटोसहित ढुङ्गैढुङ्गा थुप्रिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार