Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • भारतमा करोडौ जनताले हात धुन नपाएर कोरोना फैलिएको बैज्ञानिकहरुको दाबी

    भारतमा करोडौ जनताले हात धुन नपाएर कोरोना फैलिएको बैज्ञानिकहरुको दाबी

    अनलाइन नेपाल
  • शुक्रबार, ९ जेष्ठ २०७७
  • 2.9K
    SHARES

    तस्बिर:अनुश्री फड़नवीस / रोयटर्स

    एजेन्सी । बिश्वमा कोरोना भाइरस(कोभिड -19) को  संक्रमण र मृत्यु बढिरहँदा अहिलेसम्म औषधी पत्ता लाग्न सकेको छैन  ।

    अस्पताल भर्ना भएका कोरोना संक्रमित विरामीहरु पनि प्रयोगात्मक उपचार पद्धतीकै भरमा मृत्युसंग लडिरहेका छन ।



    सामाजिक दूरी कायम राख्ने र सरसफाईमा विशेष ध्यान दिने जस्ता उपायकै भरमा कोरोना विरुद्ध संघर्ष गर्नुपरिरहेको छ ।



    कोरोना महामारीबाट जोगिन अमेरिकी बैज्ञानिकहरु र डाक्टरहरुले बारम्बार हात धुने, मास्क लगाउने, सफाइमा ध्यान दिने जस्तो बानी बसाल्नुपर्ने सुझाव दिँदै आएका छन्। अमेरिकाका चर्चित वैज्ञानिक विलियम हेसलटाइनले अहिले कोरोना भाइरस (कोभिड -१९) को खोप छिट्टै  बजारमा आउला भन्ने विश्वास आफुमा नरहेको र यसको प्रतीक्षा गर्नु पनि उचित नहुने बताएका छन् ।

    अमेरिकाको वाशिंगटन विश्वविद्यालय मातहतको ईन्स्टिच्युट अफ हेल्थ मेट्रिक्स एण्ड ईवोल्युएसन (आईएचएमई) का अनुशन्धानकर्ताहरुले सय करोड भन्दा बढी जनसंख्या भएको मुलुक भारतमा पाँच करोड बढीले साबुन पानीले हत धुने सुविधा नपाएको बताएका छन् । यहि कारण भारतमा कोरोना भाईरस संक्रमणको गति तिब्र बनेको र मृतकको संख्या पनि बढ्दै गएको शोधकर्ताहरुको दावी छ ।

    थुप्रै खाले वैज्ञानिक खोज अनुशन्धान भैरहेको भनिए पनि आवश्यक सरसफाईमा ध्यान नदिंदा र सामाजिक दूरी उल्लंघन गरिंदा भारतमा कोरोनाका कारण मृत्यु हुने र संक्रमण फैलन क्रम तिब्र बन्दै गएको छ ।

    भारतमा देखिएको यो भयावहपूर्ण अवस्थाको प्रत्यक्ष असर खुल्ला सिमाना रहेको मुलुक नेपाललाई पर्ने अनुशन्धानकर्ताहरुले बताएका छन । ‘जर्नल इन्भायरेन्टल हेल्थ पर्सपेक्टिभ’ मा प्रकाशित रिपोर्ट अनुसार भारत, चीन, पाकिस्तान, बंगलादेश, ईथियोेपिया, कंगो, नाईजेरिया र ईण्डोनेशिया जस्ता मुलुकमा पाँच करोड भन्दा बढी जनसंख्याले साबुन पानीले हात धुने सुविधा पाएका छैनन् ।

    रिपोर्ट अनुसार उप सहारा अफ्रिका र ओशियानाका ५० प्रतिशत जनसंख्यामा साबुन पानीले हात धुने सुविधा छैन ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार