काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार एक जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
बैंकिङ कसूर मुद्दामा १९ लाख ५० हजार बिगो नबुझाइ फरार रहेका गोरखा नगरपालिका-२ घर भई हाल बानेश्वरमा बस्ने ४६ वर्षीय दिपकचन्द्र आचार्यलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आचार्यलाई थापागाउँबाट पक्राउ गरेको हो ।
पक्राउ परेका आचार्यमाथि थप अनुसन्धानको लागि प्रहरी वृत गौशाला पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
Leave a Reply