Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • ‘बेटी पढाऊ बेटी बचाऊ’ मा भ्रष्टाचार : प्रदेश सचिवसहित ६ जनाविरुद्ध १० करोडको मुद्दा

    ‘बेटी पढाऊ बेटी बचाऊ’ मा भ्रष्टाचार : प्रदेश सचिवसहित ६ जनाविरुद्ध १० करोडको मुद्दा

    अनलाइन नेपाल
  • बुधबार, १८ साउन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । मधेस प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत साइकल खरिदमा अनियमितता भएको आरोपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तत्कालीन सचिव यमप्रसाद भुसालसहित ६ जना विरुद्ध विशेष अदातलमा बुधबार भ्रष्टाचार मुद्दा दायर भएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुमाथि विगो कैद र जरिवानाको माग दाबीसहित मुद्दा दायर गरेको हो । मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ कार्यक्रममा अनियमितता भएको, साइकलको कम्पनी नखुलाई साइकल किनी ३ महिनादेखि गोदाममा राखिएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान अख्तियारले अनुसन्धान गरेको थियो ।



    गत वर्ष असोजमा अख्तियारको टोलीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेर कागजातहरु नियन्त्रणमा लिएको थियो । मुख्यमन्त्री लालबाबु राउतले आफ्नो नेतृत्वमा सरकार गठन भएलगत्तै ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान’ थालेका थिए । यो अभियानअन्तर्गत बालिकाहरुलाई साइकल वितरण गर्ने कार्यक्रम थियो ।



    सो क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट साइकल खरिद प्रकृया सुरु गर्दादेखि भुक्तानी कार्य गर्दासम्म संलग्न कर्मचारीहरु र साइकल आपूर्तिकर्ताले नेपाल सरकार र प्रदेश सरकारलाई बदनियतपूर्वक हिनामिना एवम् हानी नोक्सानी गरेको पुष्टि हुन आएको अख्तियारले जनाएको छ । उनीहरुमाथि १० करोड ३३ लाख भ्रष्टाचार गरेको आरोपमा छ ।

    प्रदेश सरकारलाई हानिनोक्सानी पुर्‍याएको देखिएकोले खरिद प्रकृयामा संलग्न कर्मचारीहरुलाई सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार