Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • बाजुराका दुई गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

    बाजुराका दुई गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

    अनलाइन नेपाल
  • बुधबार, १८ साउन २०७९
  • 2.8K
    SHARES

    बाजुरा । जिल्लाको पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट १ र जिल्ला अस्पतालबाट १ गरी २ गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत बुधवार उद्धार गरिएको छ ।

    बूढीनन्दा–२ कोल्टीकी ३० वर्षीया मनु रेग्मी पाध्याय र जगन्नाथ गाउँपालिका–२ की २२ वर्षीया जेली राईलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।



    दुवै महिलालाई लामो समयदेखि सुत्केरी व्यथा लागेको भए पनि जिल्लामा सुत्केरी हुन नसकेपछि



    राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत सेनाको हेलिकप्टरमा सुविधासम्पन्न अस्पतालमा उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार