Online Nepal
  • शनिबार, १२ असोज २०८१
  • सप्तकोशी बाढी : उदयपुरका ९ सय परिवारलाई सुरक्षित ठाउँमा सारियो

    सप्तकोशी बाढी : उदयपुरका ९ सय परिवारलाई सुरक्षित ठाउँमा सारियो

    अनलाइन नेपाल
  • बुधबार, १८ साउन २०७९
  • 1.5K
    SHARES

    उदयपुर । अविरल वर्षापछि सप्तकोशीमा आएको बाढीको कटानबाट प्रभावित ९ सय परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । उदयपुरको बेलका नगरपालिका–८ डुम्रीबोटबाट सप्तकोशी नदीको भँगालो बस्तीमा पसेको हो ।

    ५० मिटर लामो बाँध भत्काएर पसेको बाढी अहिले बेलका नगरपालिका–३ स्थित भाटेपुलमा पुगेको छ । नदी कटानका कारण प्रभावित ९ सय घरधुरीलाई सारेर सुरक्षित ठाउँतर्फ पठाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।



    सप्तकोशी बस्तीमा पस्दा करिब ४ हजार मानिस प्रभावित भएका छन् । कोसी बस्तीमा पस्दा बेलका नगरपालिका वडा नम्बर–८, ९, १ र २ का स्थानीय प्रभावित भएका छन् ।



    करिब १५ सय मानिसलाई तत्काल सुरक्षित ठाउँमा सानु पर्ने स्थानीय प्रशासनको निष्कर्ष छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार