Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • आलमका भाइ पक्राउ गर्न गएकाे प्रहरीमाथि हातपात, १२ राउण्ड हवाई फायर

    आलमका भाइ पक्राउ गर्न गएकाे प्रहरीमाथि हातपात, १२ राउण्ड हवाई फायर

    अनलाइन नेपाल
  • शुक्रबार, ९ जेष्ठ २०७७
  • 3.3K
    SHARES

    रौतहट । राजपुर बमकाण्डका अभियुक्त पूर्वमन्त्री आफताब आलम हिरासतमा रहेकाे बेला फरार अभियुक्त उनका भाइ पक्राउ गर्न गएको प्रहरीले हवाई फायर गरेको छ । घरमा  खानतलासी गर्ने क्रममा अबरोध भएपछि प्रहरीले हवाइ फायर गरेको हो। ।

    बमकाण्डका अभियुक्त भाइ महताब आलमलाई पक्राउ गर्न प्रहरीले गएराति १२ बजे राजपुरस्थित घरमा खानतलासी गरेको हो । आलमकै भाइ महताव अफताब आलम फरार छन् ।



    उनी घरमा रहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा हानेको थियो । प्रहरीले खानतलासी गर्दा स्थानीयले अवरोध गरेका थिए। अवरोध भएपछि प्रहरीले हवाई फायर  गरेको थियो।



    ‘बमकाण्डका फरार अभियुक्त महताब आलम घरमा रहेको गोप्य सूचना हामीलाई प्राप्त भएको थियो’ जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रविराज खड्काले भने ‘ पक्राउ गर्न प्रहरी टोली आफताब आलमको घरमा गएको थियो ।’

    अभियुक्त पक्राउ गर्न गएको प्रहरीमाथि हातपात हुन खोजेपछि १२ राउण्ड गोली हवाई फायर गरेको प्रहरी उपरीक्षक खड्काले बताए । महताब आलम फेला भने परेनन । फरार रहेका सबैको खोजी कार्य जारी रह्को प्रहरीको भनाइ छ।

    राजपुर बमकाण्ड घटनाका आरोपी मोहम्मद महताब आलम, मोहम्मद मोबिन आलम, शेख भदई, शेख सेराज, शेख फजले हक, सगिर आलम, शेख मलकार, बद्री सहनी, मुक्ति साह लयायतका व्यक्ति प्रहरीको फरार सूचीमा  छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार