काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा सामान्य गिरावट भएको छ । मंगलबार बजार परिसूचक नेप्से २.८१ अंक (०.१३) प्रतिशतले घटेर २१९३.४३ अंकमा बन्द भएको छ ।
बैंकिङ होटल तथा पर्यटन, विकास बैंक, जीवन तथा निर्जीवन बीमा, अन्य र लगानी उपसूचकमा गिरावट हुँदा व्यापार, हाइड्रोपावर, वित्त कम्पनी उत्पादनमुलक लघुवित्त लगायतका उपसूचक भने बढेको छ ।
सोमबार ४ अर्ब ६७ करोड ७ लाख ९९ हजार रुपैयाँको कारोबार भएको थियो । मंगलबार भने कारोबार रकम साढे ३ अर्बबाट तल झरेको छ । दिनभर नेप्सेमा ७८ लाख १३ हजार १०२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २९ करोड ३२ लाख ३५ हजार रुपैयाँको कारोबार भएको छ ।
जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक २९ करोड ३२ लाख २७ हजार रुपैयाँको कारोबार हुँदा हिमालयन डिस्टिलरीको ९ करोड ९५ लाख ४४ हजार रुपैयाँको कारोबार भएको छ ।
मंगलबार दिनभर बजारमा १८० कम्पनीको सेयर कारोबार भएकोमा ९२ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ८२ कम्पनीको सेयरमूल्य बढेको छ । त्यस्तै ६ कम्पनीको सेयरमूल्य स्थिर छ । ।
Leave a Reply