Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • लकडाउनकै अवधिमा पाँच जिल्लाका सीडीओको सरुवा

    लकडाउनकै अवधिमा पाँच जिल्लाका सीडीओको सरुवा

    अनलाइन नेपाल
  • शुक्रबार, ९ जेष्ठ २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । काेराेना भाइरसकाे महामारीका कारण देशभर जारी लकडाउनकै बिच गृह मन्त्रालयले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ । बैतडी, रसुवा, नवलपरासी, बाजुरार लमजुङका प्रजिअको गृहले सरुवा गरेकाे हाे।

    बैतडीकाे प्रजिअमा मोहन जोशी, रसुवाको प्रजिअमा हरि पन्त, नवलपरासीमा सागरमणि पाठकलाई सरुवा गरिएको हाे। त्यस्तै लमजुङमा कृष्णप्रसाद शर्मा र कृष्ण गैरेलाई जिल्ला प्रशासन कार्यालय बाजुरामा गृहले सरूवा गरेकाे हाे।



    रसुवाका प्रजिअ अर्जुन भण्डारी र नवलपरासीका बासुदेव दाहाललाई गृहमन्त्रालयमा ल्याइएको छ । बाजुराका प्रजिअ गंगाप्रसाद न्यौपानेलाई अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलमा खटाइएको छ । बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार