Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • श्रीमानमाथि खुकुरी प्रहार गर्ने श्रीमती प्रहरी फन्दामा

    श्रीमानमाथि खुकुरी प्रहार गर्ने श्रीमती प्रहरी फन्दामा

    अनलाइन नेपाल
  • शुक्रबार, ९ जेष्ठ २०७७
  • 2.9K
    SHARES

    सोलुखुम्बु । सोलुखुम्बुमा श्रीमानालाई खुकुरी प्रहार गरेको आरोपमा श्रीमति पक्राउ परेकी छिन् । सोताङ गाउँपालिका बस्ने ४६ बर्षीया परीमाया राई श्रीमानलाई खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेकी हुन् ।

    उनले बिहीबार दिउँसो साढे ३ बजे घरमा बसिरहेका ४५ बर्षीय श्रीमान् प्रताप सिंह राईकाे टाउँकोमा खुकुरी प्रहार गरेकी थिइन् ।



    खुकुरी प्रहारबाट घाइते भएका प्रतापको स्थानीय प्रथामिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । मदिरा खाएर घरमा आएकी परीमाया श्रीमानलाई खुकुरी प्रहार गरी फरार भएकी थिइन् ।



    तत्काल प्रहरीमा खबर हुनासाथ उनलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सोताङले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार