एजेन्सी । अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसीले आफ्नो एसिया भ्रमणको दौरान ताइवान भ्रमण गर्ने बताइएको छ ।
ताइवान सरकारका वरिष्ठ अधिकारी र अमेरिकी अधिकारीले उक्त भ्रमणबारे जानकारी दिएका छन् ।
पेलोसी ताइवानमा रात बिताउने पनि ताइवानी अधिकारीहरूले बताएका छन् । यद्यपि पेलोसी कहिले ताइपेइमा अवतरण गर्नेछिन् भन्ने यकिन भएको छैन ।
साथै उनको ताइवान भ्रमणबारे अमेरिकी सरकारले पनि आधिकारिक रुपमा जानकारी गराएको छैन ।
चीन र अमेरिकाबीच विवाद भइरहँदा पेलोसीको उक्त भ्रमण हुन लागेको हो ।
Leave a Reply