Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • एक वर्षमा १ अर्ब ९० करोडको सीसी क्यामेरा आयात

    एक वर्षमा १ अर्ब ९० करोडको सीसी क्यामेरा आयात

    अनलाइन नेपाल
  • सोमबार, १६ साउन २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । नेपालमा गत आर्थिक वर्षमा मात्रै १ अर्ब ९० करोड २१ लाख ९५ हजारको सीसी क्यामेरा आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । २ लाख ७२ हजार ७६२ वटा सीसीटीभी विदेशबाट नेपाल भित्रिएको देखिन्छ ।

    सीसीटीभी आयातबाट सरकारले आर्थिक वर्ष २०७८/७९ मा ३४ करोड ५६ लाख ७७ हजार राजस्व उठाएको छ । सबैभन्दा धेरै सीसी क्यामेरा आयात चीनबाट भएको तथ्यांकमा उल्लेख रहेको छ ।



    चीनबाट मात्रै २ लाख ५३ हजार वटा सीसीटीभी आयात भएको छ । भने सीसीटीभी नेपालमा आयात हुने दोस्रो देश भारत रहेको छ । भारतबाट १३ हजारभन्दा धेरै सीसीटीभी आयात भएको छ ।



    जापान, फ्रान्स, कोरिया, कुवेत, कतार र भियतनामलगायतका २५ भन्दा धेरै देशबाट नेपालमा सीसी क्यामेरा आयात भएको छ ।आर्थिक वर्ष २०७७/७८ मा भने १८ हजार १ सय ६३ सीसीटीभी आयात भएको छ । गत आर्थिक वर्षको तुलानामा अघिल्लोको आर्थिक वर्षमा थोरै मात्रै सीसीटीभी आयात भएको तथ्यांकमा उल्लेख रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार