Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • सांसद बरालको शल्यकृया सफल

    सांसद बरालको शल्यकृया सफल

    अनलाइन नेपाल
  • बिहिबार, ८ जेष्ठ २०७७
  • 3.7K
    SHARES

    पोखरा । गण्डकी प्रदेशका सांसद रामजी बराल (जीवन) को आज शल्याकृया सफल भएको छ । नेकपाका नेता समेत रहेका सांसद बरालको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) मा आज (विहिबार) सानो आन्द्रामा अल्झेको फोहोर हटाउन गरिको शल्यकृया सफल भएको प्रतिष्ठानका उपकुलपति डा.बुद्धिबहादुर थापाले बताए ।

    सांसद बरालको सानो आन्द्राको केही भागमा फोहोर जमेर बसेका कारण आन्द्रा समेत फुट्ने जोखिम भएकोले अस्पताल भर्ना भएको करिब डेढ घण्टामै शल्यकृया गरिएको उपकुलपति डा. थापाले जनाए ।



    केही बर्ष अघि सांसद बरालको आन्द्रामा समस्या आएकोले प्रतिष्ठान हुदै काठमाडौं सहित भारतसम्म उपचार गर्न पुगेका थिए । अस्पतालका डा. नरेन्द्र गुरुङ, सुरेस पौडेल सहितको टोलीले फाष्ट्याकबाट करिब डेढ घण्टामै शल्यकृया गरेका हुन्।



    सांसद बराल आज विहान करिब ५ः०० बजे देखि पेटको देब्रे कोखको भागमा गहिरो दुखाईले मेट्रो सिटि अस्पतालमा भर्ना भई खासै निको नभएपछि अस्पतालले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरेको थियो ।

    उनको उपचारमा प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने प्रति उनका स्वकिय सचिव दीननाथ बरालले धन्यवाद दिदै सांसद बरालको शिर्घ स्वास्थ्य लाभको कामना समेत गरेका छन्।

    सांसद बराल हाल प्रतिष्ठानकै सघन उपचार कक्षामा रहेकाछन्। सांसद बराललाई भेट्न प्रदेशका सभामुख नेत्रनाथ अधिकारी सहित नेकपाका नेताहरु अस्पताल पुगेका थिए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार