Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • नागरिक उड्डयन प्राधिकरणको बजेट ४१ अर्ब बढी

    नागरिक उड्डयन प्राधिकरणको बजेट ४१ अर्ब बढी

    अनलाइन नेपाल
  • सोमबार, १६ साउन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्ष २०७९/८० का लागि ४१ अर्ब ८५ करोड ९२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

    प्राधिकरणले आइतबार पत्रकार सम्मेलन गरी प्राधिकरण सञ्चालक समितिको बैठकले पारित गरेको उक्त बजेट तथा कार्यक्रम सार्वजनिक गरेको हो । प्राधिकरणको साउन ८ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको बैठकले आगामी आवको बजेट स्वीकृत गरेको गरेको थियो ।



    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको उपस्थितिमा सम्पन्न पत्रकार सम्मेलनमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्राधिकरणले पहिलो पटक पोखरा विमानस्थलमा सञ्चालक समितिको बैठक राखेर बजेट तथा कार्यक्रम बनाएको बताए ।



    उनले आवको सुरुमै बजेट पारित भएकाले पुँजीगत खर्च र प्राधिकरणले गर्नुपर्ने विकास खर्च सहज र प्रभावकारी हुने विश्वास व्यक्त गरे । प्राधिकरणको बजेटले विमानस्थलको पूर्वाधार विकास, विमानस्थल सञ्चालन, उड्डयन तथा हवाई सुरक्षा सुदृढीकरण लगायतका काम बजेटको प्राथमिकतामा राखेको छ ।

    उक्त प्रयोजनका लागि प्राधिकरणले २६ अर्ब ८२ करोड रुपैयाँ पुँजीगततर्फ बजेट विनियोजन गरेको छ । प्राधिकरणको कुल बजेटमा आम्दानी १४ अर्ब ३२ करोड रुपैयाँ रहेको छ । सरकारको ऋण तथा सेयर १२ अर्ब २४ करोड रुपैयाँ छ ।

    नेपाल सरकारबाट प्राप्त हुनुपर्ने ८६ करोड रुपैयाँ, २०७९ जेठसम्म बढी भुक्तानी भएको मूल्य अभिवृद्धि कर नेपाल सरकारबाट फिर्ता पाउनुपर्ने तीन अर्ब एक करोड रुपैयाँ छ । प्राधिकरणले विशेषगरी विमानस्थलको पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेको छ ।

    चालु आर्थिक वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माणको काम सुरु गरिने प्राधिकरणले जनाएको छ । आगामी पाँच वर्षमा भवन निर्माणको काम सम्पन्न हुनेछ । उक्त भवनको लागत करिब ६० अर्ब रुपैयाँ अनुमान गरिएको छ । भवन निर्माण प्रक्रिया छिट्टै सुरु गरिनेछ । प्राधिकरणको आन्तरिक स्रोतबाट टर्मिनल भवन बनाइने महानिर्देशक अधिकारीले जानकारी दिए ।

    त्यस्तै चालु आर्थिक वर्षमा ६ वटा विमानस्थलमा आन्तरिक टर्मिनल भवन निर्माणको काम सुरु गरिनेछ । प्राधिकरणका अनुसार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो टर्मिनल भवन निर्माण सुरु गरिनेछ । त्यस्तै विराटनगर, रामेछाप, भरतपुर नेपालगञ्ज र महेन्द्रनगरमा नयाँ आन्तरिक टर्मिनल भवन बनाइनेछ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार