काठमाडौं । साफ यु-२० चाम्पियनसिपअन्तर्गत भारतविरुद्धको खेलको पहिलो हाफमा नेपाल १–० ले पछि परेको छ ।
भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपाल १-० गोलले पछि परेको हो ।
खेलको ३२औं मिनेटमा टाइसन सिंह लोङटोङबाङले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए ।
आजको खेलमा नेपाल जित निकाल्दै फाइनलमा स्थान पक्का गर्ने योजनामा छ । यता भारतलाई आज जित्नै पर्ने दबाब रहेको छ ।
Leave a Reply