Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • साफ यू-२० च्याम्पियनसिप : नेपाल र भारत खेल्दै

    साफ यू-२० च्याम्पियनसिप : नेपाल र भारत खेल्दै

    अनलाइन नेपाल
  • आइतबार, १५ साउन २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । साफ यू-२० च्याम्पियनसिप अन्तर्गत नेपालले तेस्रो खेलमा आज भारतको सामना गर्ने भएको छ । दुई देशबीचको खेल भारतको भुवनेश्वरमा रहेको कालिंगा स्टेडियममा साँझ ७:१५ बजे सुरु हुनेछ । भारत प्रतियोगिताको साविक विजेता हो ।

    मुख्य प्रशिक्षक मेघराज केसीले भारतसँगको आजको खेल नेपाली समर्थकका लागि विशेष रहने बताएका छन् । आजको खेल नेपाल र भारत दुवैका लागि महत्त्वपूर्ण छ । भारतलाई हराउन सकेमा नेपाल शीर्ष स्थानमा उक्लिनेछ ।



    नेपाललाई हराएमा भारतको फाइनल पुग्ने सम्भावना बलियो हुनेछ । नेपालले जितेमा नेपाल र बङ्लादेश फाइनलमा पुग्नेछन् भने बराबरी भएमा बङ्लादेश फाइनल पुग्ने पहिलो टोली हुनेछ । दोस्रो टोलीका लागि लिग चरणको अन्तिम दिन कुर्नुपर्नेछ ।

    प्रतियोगिताको अङ्क तालिकामा बङ्लादेश शीर्षस्थानमा छ । उसको ३ खेलमा ९ अङ्क छ । नेपाल दोस्रो स्थानमा छ । नेपालको २ खेलमा ६ अङ्क छ । भारत २ खेलमा ३ अङ्कसाथ तेस्रो स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार