Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • लकडाउनका बेला लिपुलेकमा राष्ट्रिय झण्डा गाड्न हिँडेका आठ जना पक्राउ

    लकडाउनका बेला लिपुलेकमा राष्ट्रिय झण्डा गाड्न हिँडेका आठ जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ८ जेष्ठ २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । नेपाल सरकारले नयाँ नक्सा जारी गरेको भोलिपल्ट (आज) दार्चुलाको लिपुलेकमा राष्ट्रिय झण्डा गाड्न हिँडेका आठ जना पक्राउ परेका छन् ।

    नेपाल सरकारले हिजो मात्रै लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा सार्वजनिक गरेको थियो ।



    छिमेकी मुलुक भारतले हडपीरहेको उक्त भुभाग आफ्नो नक्सामा परेपछि राष्ट्रिय झण्डा गाड्न हिंडेका दार्चुला लेकम गाउँपालिकाका जीवन विष्ट, मदन विष्ट, गणेश सिंह विष्ट, दिपक विष्ट, सुरेन्द्र विष्ट, अनिल साउँद, दिपक साउँद र जनक सिहं साउँद पक्राउ परेक हुन् ।



    उहीहरुलाई व्याँस गाउँपालिकाको दुम्लीङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    लकडाउनको उलंघन गरी एक पालिकाबाट लुकीछिपी अर्को पालिका प्रवेश गरेको भन्दै उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीको दावी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार