झापा । लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका-६ बिहीबारे निवासी ३० वर्षीय पूरण राई र सप्तरी बोदे बर्साइन घर भई हाल बिर्तामोड नगरपालिका-१ स्थित भगवान् चौकमा डेरा गरी बस्ने ३५ वर्षीय नागेन्द्र कुमार यादव रहेका छन् ।
उनीहरूलाई मेचीनगर नगरपालिका-६ स्थित काँकडभिट्टाको पुरानो मेची पुलबाट पक्राउ गरिएको हो।
इलाका प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले प्र-३-०१-०२४ च ८००० नम्बरको गाडीलाई शङ्का लागि चेकजाँच गर्दा उनीहरूको साथबाट २ ग्राम ८०० मिलिग्राम ब्राउन फेला परेको थियो।
पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Leave a Reply