Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • विश्‍वमा आणविक हतियारको होडबाजी रोकिनुपर्छ : राष्ट्रपति भण्डारी

    विश्‍वमा आणविक हतियारको होडबाजी रोकिनुपर्छ : राष्ट्रपति भण्डारी

    अनलाइन नेपाल
  • शनिबार, १४ साउन २०७९
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालले सबै प्रकारका युद्धको विरोध गर्ने बताएकी छन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल अन्तर्राष्ट्रिय कानुन समाज तथा एसियाली अन्तर्राष्ट्रिय कानुन समाजद्वारा शनिबार ललितपुरको जावलाखेलमा आयोजित ‘अन्तर्राष्ट्रिय कानुनसम्बन्धी एसिया क्षेत्रीय सम्मेलन’को उद्‍घाटन समारोहलाई सम्बोधन गर्दै यस्तो बताएकी हुन् ।



    विश्वभर आणविक हतियारको होडबाजी रोकिनुपर्ने आफूहरूको विश्वास रहेको उनको भनाइ छ । राष्ट्रपति भण्डारीले नेपालले करिब सात दशकदेखि असंलग्न परराष्ट्र नीतिको दृढतापूर्वक वकालत र पालना गर्दै आएको बताएकी छन् ।



    उनले सबै प्रकारको युद्धको विरोध गर्दै राष्ट्रहरूका बिचमा कुनै विवाद उत्पन्न भएमा शान्तिपूर्ण माध्यमबाट त्यसको समाधान खोजिनुपर्ने बताइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार