Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • युक्रेनको कारागारमा घाइते भएकाको उद्धार गर्न आईसीआरसीको प्रस्ताव

    युक्रेनको कारागारमा घाइते भएकाको उद्धार गर्न आईसीआरसीको प्रस्ताव

    अनलाइन नेपाल
  • शनिबार, १४ साउन २०७९
  • 3.1K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) ले युक्रेनी युद्धबन्दीलाई राखिएको स्थानमा भएको आक्रमणमा परी घाइते भएकाहरूको उद्धार गर्न प्रस्ताव गरेको छ ।

    पछिल्लो महिनामा रुसले युक्रेनमा आक्रमण गरिरहँदा भएका आक्रमणमा कयौं कैदीबन्दीको मृत्यु भएको छ ।



    बिहिबार रुस समर्थित पृथकतावादीहरूको कब्जामा रहेको डोनट्रस्क प्रान्तको एक भागमा फ्रन्टलाइन शहर ओलेनिभकाको जेलमा भएको आक्रमणमा ४० कैदीबन्दीको मृत्यु भएको थियो भने ७५ जना घाइते भएका थिए ।



    रुसले युक्रेनका अन्य कारागारमा समेत बम आक्रमण गर्दा कैदीबन्दीहरू सुरक्षित नभएको भन्दै आईसीआरसीले घाइतेहरूको उद्दार गर्न प्रस्ताव गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

    मस्को र किभले एक अर्कालाई दोषी देखाउँदै लगातार मिसाइल आक्रमण गर्दा कैदीबन्दी रहेको भवन क्षतिग्रस्त भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार