एजेन्सी । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेको छ । अमेरिकासहित यसअघि पनि कोरोनाबाट अति प्रभावित मुलुकहरुमा पुनः संक्रमण बढ्न थालेको हो ।
वल्डोमिटरका अनुसार पछिल्लो समय ब्राजिल, फ्रान्स, इटाली, दक्षिण कोरियासहित भारतमा पनि कोरोना संक्रमणको दर बढ्दो क्रममा छ।
पछिल्लो अध्यावधिक विवरणअनुसार विश्वभर थप ८ लाख २३ हजार २१९ जनामा कोरोना भाइरसको पुष्टि भएको छ। यस्तै, १ हजार ८७३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
कोरोना संक्रमण देखिएकामध्ये ८ लाख ५१ हजार ५२९ जना पछिल्लो २४ घण्टामा निको भएका छन्। विश्विका विभिन्न देशमा गरी अहिले २ करोडभन्दा बढी सक्रिय संक्रमित छन्।
Leave a Reply