Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • नेपालले नयाँ नक्सा जारी गर्दा भारतको समर्थनमा उत्रिए कांग्रेस नेता निधि

    नेपालले नयाँ नक्सा जारी गर्दा भारतको समर्थनमा उत्रिए कांग्रेस नेता निधि

    अनलाइन नेपाल
  • बिहिबार, ८ जेष्ठ २०७७
  • 11.8K
    SHARES

    काठमाडौं । सीमा विबादको बिषयमा नेपाली कांग्रेसका उपसभपाति एवम् केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधि भारतको पक्षमा उभिएका छन्।

    प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रवादका नाममा नाटक मञ्चन गरेको निधिले आरोप लगाए  ।



    अनलाइन जुमका माध्यमबाट जेठ ६ र ७ गते बसेको प्रतिष्ठानको पूर्ण बैठकपछि जारी विज्ञप्तिअनुसार निधिले विगतमा जस्तै प्रधानमन्त्री    ओली नेतृत्वको सरकारले अनेक नाटक देखाएको बताएका हुन् ।



    ‘नेकपा नेतृत्वको ओली सरकारले राष्ट्रवादका नाममा, राष्ट्रियताका नाममा अनेक नाटक विगतमा जसरी मञ्चन गर्दै आएको थियो । अहिले पनि त्यही गरिरहेकोछ’, प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा.पुरुषोत्तम दाहालद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।

    ‘समस्याको तहसम्म पुगेर समाधानका प्रयास गर्नुभन्दा उत्तेजना फैलाउने गरी हलुका किसिमले अभिव्यक्ति दिने काम गरिरहेको छ’, विज्ञप्तिमा भनिएको छ ।

    ‘सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको उत्तर दिनेक्रममा संसदीय मर्यादा र अभ्यास विपरित प्रधानमन्त्री ओलीले छिमेकी मित्र राष्ट्रको प्रतीकका विषयमा गरेको टिप्पणी असंसदीय रहेको हुनाले यसबाट अनावश्यक विवाद र जटिलताहरू थपिएको छ भन्ने प्रतिष्ठानको दृष्टिकोण रहेको छ’, विज्ञप्तिमा उल्लेख छ ।

    ‘वर्तमानमा भारतले एकपक्षीय रुपमा निर्माण गरी उद्घाटन गरेको भनिएको र अत्यन्त चर्चामा रहेको लिपुलेक सडकको विषय नेपाल र नेपालीहरूका लागि गम्भीर र आपत्तिजनक छ’, विज्ञप्तिमा भनिएको छ ।

    ‘केही वर्ष पहिले भारत र चीनले लिपुलेकबाट व्यवसायिक मार्ग खोल्ने सहमति गरेका समय नेपाली कांग्रेसका तत्कालीन सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाले दुवै देशसंग आपत्ति प्रकट गर्नुभए पनि त्यसपछि आएको ओली नेतृत्वकै सरकार मौन बस्दा आजको परिणाम आएको हो’, विज्ञप्तिमा भनिएको छ ।

    ‘पहिलो पटक नेपाली भूमि समेत समावेश गरी भारतले जारी गरेको नक्सालाई लिएर प्रधानमन्त्री ओलीले गत कार्तिकमा आयोजन गर्नुभएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सीमा समस्या समाधान गर्न र यससंग उत्पन्न सबै विषयमा नेपाली कांग्रेसले सरकारलाई पूर्ण साथ दिने प्रतिबद्धता प्रकट गर्नुभएको थियो’, निधि नेतृत्वको प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    ‘यसको करीव आठ महिनापछि मात्र लिपुलेक, कालापानी, लिम्पियाधुरा समेत समेटिएको नक्सा सरकारले जारी गरेको छ’, निधिले ओली सरकारमाथि प्रश्न उठाएका छन्, ‘यसलाई कुनै पनि नेपालीले अन्यथा मान्न सक्दैन ।’

    ‘तर नक्सा जारी गर्नासाथ महान् क्रान्तिकारी, राष्ट्रवादी काम गरिएको भ्रम छर्ने र उत्तेजना फैलाउने प्रयास भइरहेको छ’, निधिले भनेका छन्, ‘लिपुलेक हुँदै व्यवसायिक मार्ग खोल्ने भारत र चीनबीचको सहमति नेपालका लागि आपत्तिजनक छ भन्ने प्रतिष्ठानको निष्कर्ष छ ।’

    ‘अहिले कोरोना रोग नियन्त्रण तथा प्रतिरोधका सन्दर्भमा अधिनायकवादी, साम्यवादी चिन्तनबाट उत्प्रेरित हुनेहरूबाट लोकतान्त्रिक प्रणालीविरुद्ध वैचारिक वहस आरम्भ भएको सुनिन्छ’, प्रतिष्ठानको विज्ञप्तिमा उल्लेख छ ।

    ‘नेपालको उत्तरी र दक्षिणी छिमेकीहरूसंग कतिपय स्थानमा सीमा समस्या विगत लामो समयदेखि समाधान हुन नसकिरहेको अवस्थामा नेपाली कांग्रेसको नेतृत्वमा बनेका विगतका सरकार प्रमुखहरू वीपी कोइराला हुँदै कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवासम्मले लिएका अडानहरू अभिलेखबद्ध छन्’, निधिले भनेका छन् ।

    सरकारले बुधबार पत्रकार सम्मेलन गरेर भारतद्वारा अतिक्रमित लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको नयाँ नक्सा जारी गरेको छ । ओलीले संसदबाट भारतको दादागिरिको विरोध अभिव्यक्ति दिएका थिए ।

    निधिले यसअघि पनि भारतको पक्षमा अभिव्यक्ति दिँदै आएका थिए । निधिलाई भारत निकट रहेको भनेर आरोप लाग्दै आएको छ ।

    (तस्वीरमा निधि र भारतीय रक्षामन्त्री राजथान सिंह, उनै सिंहले नै नेपाली भूमि अतिक्रमण गरेर सडक बनाइ उद्घाटन गरेका थिए)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार