काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशीमन्त्री डोनाल्ड लु र परराष्ट्र मन्त्री नारायण खड्काबीच भेटवार्ता भएको छ ।
भेटमा विकास सहयोग, आर्थिक सहयोग, खाद्य सुरक्षा र कोभिड–१९ विरुद्धको खोपलगायतका विभिन्न विषयमा छलफल भएको बताइएको छ।
दुवै पक्षबीच आपसी सहयोगका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
दूतावासले लुको नेपाल भ्रमण नियमित भएको जनाएको छ ।
Leave a Reply