Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • भारतबाट भित्र्याइएका प्रतिबन्धित २१५ खसी र ८१ राँगा बरामद

    भारतबाट भित्र्याइएका प्रतिबन्धित २१५ खसी र ८१ राँगा बरामद

    अनलाइन नेपाल
  • शुक्रबार, १३ साउन २०७९
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । भारतबाट नेपाल भित्र्याइएका प्रतिबन्धित खसी, बोका र राँगा कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयले बरामद गरेको छ ।

    प्रतिबन्धित खसी, बोका र राँगा भित्र्याइरहेको सूचनाको आधारमा भन्सार कार्यालयले दुई साताको अवधिमा २१५ वटा खसी र ८१ वटा राँगा बरामद गरेको हो ।



    तस्करहरुले नेपालीहरुको चाडपर्वलाई लक्षित गर्दै छोटी नाका भएर भारतबाट प्रतिबन्धित खसी, बोका, राँगा लगायतका पशुचौपायाहरु नेपाल भित्र्याउने गरेको सूचनाको आधारमा भन्सार नाकाहरुमा कडाइ गरिएको जनाइएको छ ।



    अघिल्लो साता ७० वटा खसी र ८१ वटा राँगा बरामद गरिएको थियो । शुक्रबार ट्रकमार्फत नेपाल भित्र्याइएको १४५ वटा खसी बरामद भन्सार कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार