काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि विशेष समितिले गरेको छानबिनको प्रतिवेदन सभामुखलाई बुझाउने भएको छ ।
सभामुखलाई बुझाए लगत्तै सदनमा पेश गर्ने तयारी छ । बिहीबार नै समय सकिएको समितिले शुक्रबार सभामुखलाई प्रतिवेदन बुझाउने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार जेष्ठ सदस्यको हैसियतमा समितिको संयोजकत्व गरेका लक्ष्मणलाल कर्णले सभामुखलाई प्रतिवेदन बुझाउने तय भएको हो । सुरुमा १० दिनभित्र छानबिन गरेर प्रतिवेदन तयार गर्ने भनेर समिति गठन भएको थियो ।
करको दल हेरफेर गर्न अनधिकृत व्यक्तिको प्रवेश भएको भनी प्रश्न उठेपछि २२ असारमा ११ सदस्यीय समिति गठन भएको थियो । तर, समितिले समय नपुगेको भन्दै ७ दिनको म्याद थप मागेको थियो । संसदले पनि ७ दिनको म्याद थप गरेपछि समितिले बुधबार प्रतिवेदनलाई अन्तिम रुप दिएको हो ।
Leave a Reply