काठमाडौं । सांसद गजेन्द्र महतले ‘एम अधिकारी’को पहिचान भएको जिकिर गरेका छन् ।
प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा उनले केही अघि एम अधिकारी र सीसीटीभी फुटेजबारे निकै सोधखोज भएको चर्चा गरे ।
उनले ‘एम’ भनेको ‘मनी’ र अधिकारी भनेको अधिकार भएको मान्छे भन्ने आफूले पत्ता लगाएको र त्यो भनेको गभर्नर नै रहेको बताए ।
आफूले एम अधिकारीबारे लामो अध्ययन र अनुसन्धानपछि यो तथ्य पत्ता लगाएर संसदलाई जानकारी गराएको उनको भनाइ थियो ।
Leave a Reply